किसानले ल्याए धान काट्ने र दाइँ गर्ने अत्याधुनिक उपकरण

४ बर्ष अगाडि

पर्साका किसानले धान काट्ने अत्याधुनिक उपकरण भित्र्याएका छन् ।

सरकारले षि उपकरण खरिदमा कर छुट दिएपछि किसानहरुले अत्याधुनिक उपकरण भित्र्याएका हुन् । 

पर्साको पर्सागढी नगरपालिकामा किसानले भित्र्याएको मेसिनले बुधबारदेखि धान धाट्न शुरु गरेको छ । 

पर्साको  पोखरिया नगरपालिकाका किसानले धान दाइँ गर्ने उपकरण पनि ल्याएका छन् । 

सरकारको अनुदानपनि पर्सा जिल्लामा अत्याधुनिक उपकरणको उपयोग बढ्दै गएको किसानहरुको भनाइ छ । 

मेसिनको प्रयोगले गर्दा काममा सजिलो र छिटो हुने गरेको पनि उनीहरुले बताए।

पर्सामा यस वर्ष प्रतिहेक्टर ४.८ मेट्रिक टनको दरले २ लाख २५ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको कृषिज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया