दसैँ–तिहार २५ दिन पर सर्‍यो, विवाहको लगन घट्यो

४ बर्ष अगाडि

विक्रम संवत् २०७७ सालको दसैँ र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।

पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ । तिहार कार्तिक २८ गते शुरु हुनेछ ।

आजको नेपाल समाचार पत्रमा यो समाचार छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया