प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमला मामिलामा अदालतको फैसला –१९ जनालाई मृत्युदण्डको सजाय

५ बर्ष अगाडि

यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ ।

अदालतले १९ जनालाई उम्रकैदको सजाय सुनाएको छ भने बाँकी १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

मृत्युदण्डको सजाय पाउनेमा पूर्व गृह राज्यमन्त्री लत्फोजमान बाबर पनि सामेल छन् ।

तारिक रहमान भने हाल लन्डनमा रहेका छन् । यसअघि नै बेलायती अधिकारीले उनको बारेमा बंगलादेशलाई जानकारी दिन अस्वीकार गरिसकेको छ ।

यस्तोमा अदालतले उनलाई भगौडा घोषित गरेको छ ।

शेख हसिनाको चुनावी र्यालीमा सन् २००४ को अगस्त २१ मा ग्रिनेड हमला भएको थियो ।

यसमा २४ जनाको मृत्यु भएको थियो भने आवामी लिगका प्रमुख शेख हसीनासमेत ५ सय जनाभन्दा बढी घाइते भएका थिए ।

ढाकाको फास्ट ट्रयाक ट्रिब्युनलका न्यायाधीश शाहिद नुरुद्दीनले आजीवन कारावासको सजाय पाउने १८ अन्य आरोपी सहित तारिक रहमानलाई कारागार पठाउन आदेश दिएको छ ।

न्यायाधीशले हमलाको नियतलाई लिएर १२ बुँदामा चर्चा गरेका थिए ।

जाँचकर्ताले हमलाको मुख्य निशाना शेख हसीना थिइन् । यस हमलामा उनी पनि घाइते भएकी थिइन् ।

उक्त घटनामा आवामी लिगको महिला फ्रन्टका अध्यक्ष तथा पूर्व राष्ट्रपति जिया उल रहमानकी पत्नी इवी रहमानको मृत्यु भएको थियो ।

भ्रष्टाचारको मामिलामा खालिदा जिया अहिले पाँच वर्षको सजाय काटिरहेकी छिन् ।

उनलाई ग्रिनेड हमलामा आरोपी बनाइएको थिइएन ।

५ बर्ष अगाडि

प्रतिक्रिया