यादवले कतारबाटै बोलाए संसदीय दलको बैठक

१ हप्ता अगाडि

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । यादवले  कतारबाटै  सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहान संसदीय दलको बैठक राखिएको जानकारी गराएका हुन्।  

‘अध्यक्षज्यूले संसदीय दलको बैठक मङ्गलवार बिहानका लागि बोलाउनुभएको छ । उहाँले कतारबाटै फोन गरेर भनेअनुसार बैठक राखिएको हो’, जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । न्युयोर्कमा आयोजना भएको  विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव हिजो आइतबार कतार पुगेका थिए । यादव कतार रहेकै अवस्थामा उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो ।

उनी सोमबार पनि कतारमै रहेका छन्। यादव सोमबार राति कतारी समयअनुसार पाँच बजे स्वदेश फर्कने कार्यक्रम रहेको  छ  । जसअनुसार यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समय अनुसार मङ्गलवार बिहान १ बजे काठमाडौँ अवतरण हुने छन् । त्यसअघि यादव एनआरएनए कतारले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका छन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया