सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार, ३१ बैशाख २०८१, १० : ४१

काठमाडौं- नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । जस अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँ, तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोता एक लाख ३८ ४०० रुपैयाँ, तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७४० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार, ३१ बैशाख २०८१, १० : ४१

प्रतिक्रिया