सन्दीपले अस्ट्रेलियामा गाए नेपाली गीत (हेर्नुस् भिडियो)

५ बर्ष अगाडि

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछाने हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् । बिग बास लिगमा मेलबर्न स्टार्सका तर्फबाट उत्कृष्ट प्रदर्शन प्रस्तुत गरिरहेका सन्दीप अष्ट्रेलियन लिगको एक मुख्य केन्द्रविन्दु हुन् ।

बिहिबार सन्दीप बिग बासमा सर्वाधिक ७ विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका थिए । यतिबेला भने समान ७ विकेट लिएका सिड्नी सिक्सर्सका स्टिभ ओ किफी कम रन दिएका कारण शीर्ष स्थानमा उक्लिएका छन् ।

बिहिबार अष्ट्रेलियाको एक टेलिभिजनले सन्दीप लामिछानेको एक भिडियो प्रस्तुत गरेको छ । त्यस भिडियोमा सन्दीपसँगै अर्का मेलबर्न स्टार्सका अष्ट्रेलियन क्रिकेटर ड्यानीयल वरालपनि देखिएका छन् ।

सन्दीपले वराललाई नेपाली गीत गाएर सुनाएका छन् । उनले नेपाली शब्दको अर्थपनि भनिदिएका छन् । त्यस्तै वराललेसमेत गीत गाएको देखाइएको छ। उनले सन्दीपको गीत तथा म्युजिक भिडियोको समेत प्रशंसा गरेका छन् ।

हेर्नुस् भिडियो :

 

५ बर्ष अगाडि

प्रतिक्रिया