कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

१ हप्ता अगाडि

काठमाडौँ - नेकपा (एमाले) का सांसद हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको छ। बिहीबार बिहान कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई एमालेका ४९ र नेकपा (माओवादी केन्द्र)का १३ सांसदले समर्थन गरेका थिए । कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले सबै सांसदको सनाखत गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा सनाखत सकिएसँगै कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।


 

१ हप्ता अगाडि

प्रतिक्रिया