नेपाल विरुद्ध भारतको शानदार जीत, साफ च्याम्पियनसिपमा नेपाल पाचौ पटक पराजीत

५ बर्ष अगाडि

काठमाडौँ – पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबिच भएको फाइनल खेलमा भारतले शानदार जीत हासील गरेको छ । 

विराटनगरस्थित शहीद रंगशालमा सुरु भएको खेलमा भारतले नेपाललाई १–३ गोलको अग्रता लिदैै शानदार जीत हासील गरेको हो । जीत सगै  पाँचौँ साफ च्याम्पियनसिप फुटबलको उपाधि पनि भारतले जितेको छ।

भारतकी जालीमा छिपरले २४ औं मिनेटमा फ्रिकिक मार्फत पहिलो गोल गरेकी थिइन् । त्यसपछी ३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले बराबरी गोल बनाएकी थिइन् । 

हाफ टाइमपछी शुरु भएको खेलमा भारतको तर्फबाट रङ्गनाथनले ६४ औ मिनेटमा दोस्रो गोल गर्दे नेपाल विरुद्ध १ –२ गोलले अग्रता दिलाएकी थिइन् । खेलको ७८ औ मिनेटमा भारतीय खेलाडी अन्जुले फेरी अर्को गोल गर्दे नेपाल विरुद्ध १–३ ले अग्रता दिलाइन् । 

यस खेलसगै भारत र नेपालको पाचौ पटक साफ च्याम्पियनसिपमा प्रतिसपर्धा भएको हो । नेपालले पाचौपटक पनि आफ्नो साफ  च्याम्पियनसिप खेलमा जीत हासील गर्न सकेन । 

५ बर्ष अगाडि

प्रतिक्रिया