स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ जनाको को मृत्यु

१ हप्ता अगाडि

काठमाडौँ - नुवाकोटको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा आज स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु र २ जना घाइते भएका छन् ।  

देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२.०४६प १५२९ र वाग्मती प्रदेश ०२.०४४प ३६९२ नम्बरको मोटरसाइकल बेलुकी ५ बजेतिर घुम्तीमा ठोक्दिँदा २ युवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको हो । घाइते २ जनालाई उपचारका लागि काठमाडौं महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल  लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया