आज गोलभेँडा, प्याज, आलु देखि अन्य तरकारीको मुल्य कति ?

सोमबार, ०८ माघ २०८०, ०८ : २३

काठमाडौँ- राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । मूल्यसूचीअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ  । 

यसैगरी आलु रातोको ३६, प्याज सुकेको भारतीयको ८२, काउली स्थानीयको ४०, मुला रातोको २०, टाटे सिमीको ६०, सलगमको ८० रुपैयाँ रहेको छ । 
यसैगरी तरुलको ८०, ब्रोकाउलीको ६०, अनारको ३००, जुनारको २५० रुपैयाँ कायम भएको छ । यस्तै अम्बाको १५० रुपैयाँ कायम भएको छ । 

सोमबार, ०८ माघ २०८०, ०८ : २३

प्रतिक्रिया