एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

सोमबार, ०८ माघ २०८०, १८ : १७

काठमाडौं - चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेडपछि पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु उपलब्ध रहेको छ ।

यो शोरुम हप्ताको सातै दिन विहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ । यो शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी लगायतको सुविधा रहेको कम्पनीले बताएको छ ।
 
उक्त सुविधा जावलाखेल, मिनभवन, चाबहिल, सितापाइला, इमाडोल, कान्तिपथ, र उपत्यका बाहिर विराटनगरमा पाउन सक्ने कम्पनीले जनाएको छ ।   

सोमबार, ०८ माघ २०८०, १८ : १७

प्रतिक्रिया