सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, ११ माघ २०८०, ११ : १३

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तोलामा ४ सयले घटेको छ । हिजो बुधवार प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज १ लाख १८ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य भने आज तोलमा २० रुपैँयाले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

विहीबार, ११ माघ २०८०, ११ : १३

प्रतिक्रिया