लुम्बिनी बिजनेस समिटमा साझेदारी गर्दै रिलायन्स फाइनान्स

३ महिना अगाडि

काठमाडौँ - लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडिबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रर्वतनलगायतका व्यवसायको विकास गर्दै प्रदेशस्तरमा लगानीको अवसर र यसको प्रवर्द्धनका लागि पहिलो पटक प्रदेशस्तरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । 

 साझेदारी सम्बन्धी समझदारी पत्रमा रिलायन्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र आयोजक संस्थाहरूको तर्फबाट नेपाल बिजनेस इन्स्टिच्युट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । चैत्रको दोस्रो हप्ता लुम्बिनी प्रदेशमा आयोजना हुने सम्मेलनमा प्रदेशभित्रका उद्यमीहरू, वैदेशिक रोजगारीबाट फर्केका युवा उद्यमीहरू, स्थानीय सरकार र प्रदेश सरकारका प्रमुखहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, निजी संघसंस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरु गरी ४०० जना प्रतिनिधिको सहभागिता रहने छ ।

 लुम्बिनी प्रदेश सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ ९सिविफिन० र नेपाल बिजनेस इन्स्च्युिटको मुख्य पहलकदमी र विभिन्न स्थानीय सरकार एवं उद्यमशीलता र व्यावसायिक क्षेत्रको प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्र, वित्तीय संघसस्थाहरुसहित दुई दर्जनभन्दा बढी साझेदार निकायहरूको अगुवाइमा यो सम्मेलन हुन लागेको हो ।

३ महिना अगाडि

प्रतिक्रिया