IIN र FRBL को संयुक्त संयोजनमा वेबिनार सम्पन्न

३ महिना अगाडि

काठमाडौँ - ईन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल (IIN) र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (FRBL) को संयुक्त संयोजनमा Transformative Resilience in Evolving Risk Landscapes बिषयमा भर्चुअल माध्यम zoom मार्फत २०८० साल माघ १० गते वेबिनार सम्पन्न भएको छ । उक्त वेबिनार Cyber Insurance , Parametric Modelling / Catastrophe Modelling मा आधारित रहेको थियो र वल्र्ड बैंक , र्टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेस का उच्च पदाधिकारीहरु प्यानलिस्ट मा रहेका थिए भने FRBL का निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका हुन् र कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा ईन्स्योरेन्स ईस्टिच्युट  नेपालका प्रमुख कार्यकारी अधिकृत   सुशील देव सुवेदीले गर्नुभएको हो । उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा र्निजिवन बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए । 
 
इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेड (IIN) नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत बिमा नियामक प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो । IIN मुख्यतया बीमा कम्पनीहरू, वित्तीय संस्थाहरू र सर्वसाधारण जनताका कर्मचारीहरूका लागि बीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सम्बन्धित छ भने अर्कोतर्फ, फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह ISO 9001:2015   र Indian Chamber of Commerce बाट “Indian Chamber of Commerce ​​​​​​​” को उपाधी हासिल गर्न समेत सफल भएको छ । 

३ महिना अगाडि

प्रतिक्रिया