एचआईडिसिएलको मुनाफामा वृद्धि

२ महिना अगाडि

काठमाडौँ- हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को मुनाफा वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा ११।.४७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ७५ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीले ग्राहकहरुसँग भएको सम्झौताबाट १ करोड २३ लाख ४९ हजार रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १८१.६१ प्रतिशतले धेरै हो । कम्पनीको वित्तीय आम्दानी ४.६१ प्रतिशतले बढ्दै १ अर्ब ७ करोड रुपैयाँ बढी पुगेको छ ।  यस्तै अघिल्लो आवमा १ करोड ३३ लाख रहेको कम्पनीको लाभांश आम्दानी घटेर १ करोड ७ लाखमा सीमित भएको छ । अन्य आम्दानी  

कम्पनीबाट जलविद्युत परियोजनामा प्रवाह भएको  कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्म ७ अर्ब ३७ करोड कर्जा बाँकी रहेको छ । समीक्षा अवधिमा ५ करोड थप ऋण प्रवाह गरिएको र २५ करोड असुली गरिएको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात २८.०३ गुणा र प्रतिसेयर कुल सम्पत्ति मूल्य ११४.६० रुपैयाँ रहेको छ । 

२ महिना अगाडि

प्रतिक्रिया