सुनचाँदीको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

सोमबार, १५ माघ २०८०, ११ : १३

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मुल्य बढेको छ ।

आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदि आज प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सोमबार, १५ माघ २०८०, ११ : १३

प्रतिक्रिया