विदेशी मुद्राको विनिमय दर, कुन बढ्याे कुन घट्याे ?

२ महिना अगाडि

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५७ पैसा र बिक्री दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया