सुनको मूल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, १६ माघ २०८०, ११ : १५

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ३ सयले बढेको छ ।

हिजो (सोमवार) प्रतितोला १ लाख १८ हजार ३ सयमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य भने आज तोलमा १५ रुपैँयाले बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।

मंगलबार, १६ माघ २०८०, ११ : १५

प्रतिक्रिया