प्रतितोला ५०० रुपैंयाले बढ्यो सुनको मुल्य

विहीबार, १८ माघ २०८०, १० : ४४

काठमाडौं- साताको पाँचौं कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ५०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार १५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुनको भाउ स्थिर रहँदै प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला १० रुपैंयाले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैंयामा कारोबार भएको थियो ।

विहीबार, १८ माघ २०८०, १० : ४४

प्रतिक्रिया