पुङ्गी खोलाको सौन्दर्यकरण र सीमाङ्कनको कार्य तीब्र

२ महिना अगाडि

काठमाडौँ - भरतपुरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलाको सौन्दर्यको कार्य एक साथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ ।खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११ को एक किमिमा सीमाङ्कनको कार्य हुँदैछ ।

६ किलोमिटर लम्बाई रहेको पुङगी खोलाको चौडाई १० देखि ४० मिटरसम्म छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।‘सीमाङ्कन पुरा गरेर काम गर्छु भन्दा अझै समय लाग्ने भयो,उहाँले भन्नुभयो,‘दुबै काम एक साथ बढाउदा जनतामा उत्साहा थपिन्छ । सुन्दर र हरियाली सहर बनाउने संकल्प पुरा हुन्छ।’

भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सकृय सहयोग गर्न प्रमुख दाहालले अनुरोध गर्नुभएको छ ।सीमाङ्कनको कार्य र आयोजनाको बारेमा स्थानीयलाई सहजीकरण गर्न प्रमुख दाहाल फिल्डमै पुग्ने गर्नुभएको छ ।प्रमुख दाहालले कुनै पनि काम असम्भव नहुने भएकाले यो कामलाई फत्ते पार्न पुंगी खोला संरक्षण समिति यो कार्यमा निरन्तर लागिरहेको बताउनुभयो।

आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पुरा गर्ने लक्ष्य पनि लिएको उहाँको भनाइ छ ।पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।

गुरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रमस्थल, खुला व्यामशाला पनि रहने छ ।पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो ।बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।
 

२ महिना अगाडि

प्रतिक्रिया