सुनको मूल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, १९ माघ २०८०, ११ : ०९

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ३ सयले बढेको छ ।

हिजो (बुधवार) प्रतितोला १ लाख १९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य भने आज तोलमा ५ रुपैँयाले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ ।

 

शुक्रबार, १९ माघ २०८०, ११ : ०९

प्रतिक्रिया