काठमाडौँ - आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो । महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य १४ सय १५ रुपैयाँ थियो ।
प्रतिक्रिया