प्रतितोला ६०० रुपैंयाले बढ्यो सुनको मुल्य

बुधबार, २४ माघ २०८०, ११ : ०१

काठमाडौं- कारोबारको चौथो दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार ५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३७५ रुपैंयामा कारोबार भएको थियो ।

बुधबार, २४ माघ २०८०, ११ : ०१

प्रतिक्रिया