सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, २८ माघ २०८०, १० : ५८

काठमाडौं-  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मुल्य तोलामा ५ सयले घटेको छ । शुक्रवार १ लाख १८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको छ ।

आइतबार, २८ माघ २०८०, १० : ५८

प्रतिक्रिया