घटबढ भएन सुनको मुल्य

सोमबार, २९ माघ २०८०, ११ : १२

काठमाडौं- नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।

आजको बजार मुल्य तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम रहेको जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम छ । हिजो आइतवार पनि यही मूल्य कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ । हिजो आइतवार पनि यही मूल्यमा कारोबार भएको थियो ।

सोमबार, २९ माघ २०८०, ११ : १२

प्रतिक्रिया