कालीमाटी बजारलाई व्यवस्थित बनाइनुपर्नेमा सचिव डा.शर्माको जोड

मंगलबार, ०१ फागुन २०८०, १४ : ००

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई व्यवस्थित गर्न विज्ञले सुझाएका छन् । समितिको ३० औँ वार्षिकोत्सव कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कालीमाटी बजारलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । 

कालीमाटी बजार केन्द्रीयस्तरको भएकाले पारदर्शी ढङ्गले काम गर्नु पर्ने उनको भनाइ थियो । कृषि विभागका महानिर्देशक  डा। हरि बहादुर केसीले किसानले तरकारीको सही मूल्य पाउने वातावरण मिलाउन  समितिलाई सुझाए । 


यस्तै किसानको कृषि उपजलाई सहजरूपमा बजारसम्म ढुवानीमा सहयोग गर्न समेत  उनले सुझाए ।

समितिका अध्यक्ष तथा मन्त्रालयका सह सचिव मदन भुजेलले हाल बजारले दिएको सुविधालाई थप व्यवस्थित गर्न चुनौती भएको बताए । आगामी दिनमा यश विषयमा छलफल गरिने उनले उल्लेख गरे ।

समितिले ३० औँ वार्षिकोत्सवका ३ जना कर्मचारी, २ जना व्यवसायी र २ जना किसानलाई नगदसहित पुरस्कृत गरेको छ । 

मंगलबार, ०१ फागुन २०८०, १४ : ००

प्रतिक्रिया