सुनको मुल्यमा गिरावट कायमै, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, ०२ फागुन २०८०, ११ : २७

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १७ हजार ७ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

बुधबार, ०२ फागुन २०८०, ११ : २७

प्रतिक्रिया