घटबढ भएन सुनको मुल्य, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, ०८ फागुन २०८०, ११ : ०६

काठमाडौं- नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको बजार मुल्य तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम रहेको जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम छ । हिजो सोमवार पनि यही मूल्य कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ । हिजो सोमवार पनि यही मूल्यमा कारोबार भएको थियो ।

मंगलबार, ०८ फागुन २०८०, ११ : ०६

प्रतिक्रिया