काठमाडौँ। भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापार मेला हुने भएको छ। (फागुन ९ गते) आज बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ।
१५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त मेलामा स्वदेशमै उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने व्यापार मेला समितिले जानकारी दिएको छ ।
समितिका अनुसार , मेलामा विभिन्न ब्राण्डका झन्डै एक हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् । एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने समितिको भनाई छ ।
मेलामा १५ देखि ७५ प्रतिशत सम्मको छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुने व्यापार मेला समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया