सुनको मूल्यमा सामान्य वृद्धि

बुधबार, ०९ फागुन २०८०, १० : ५५

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ ।

 

 

बुधबार, ०९ फागुन २०८०, १० : ५५

प्रतिक्रिया