सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, १० फागुन २०८०, ११ : ३२

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँ कायम भएको छ ।

 

 

विहीबार, १० फागुन २०८०, ११ : ३२

प्रतिक्रिया