सर्वोत्कृष्ट खेलाडि क्षेत्रीलाई यामाहाले दियो  हाइब्रिड स्कुटर

२ महिना अगाडि

काठमाडौं - प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट भएकी रुविना क्षेत्रीलाई यामाहाको रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

प्लेयर अफ द सिरिजको रुपमा सर्वोत्कृष्ट खेलाडीलाई यामाहाले सो हाइब्रिड स्कुटर प्रदान गर्ने घोषणा पहिले नै गरेको थियो । यस अनुसार हिजो एक कार्यक्रमका बिच सो स्कुटर रुविनालाई हस्तान्तरण गरिएको हो । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु यामाहा डिभिजनकी चिफ मार्केटिङ अफिसर पुनम सिंहले सो स्कुटर हस्तान्तरण गरिन् ।


यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया