बैद्य इनर्जी’ले पोखरामा ल्यायो एथर इलेक्ट्रीक,पोखरा डिलर बन्यो अटोवेज प्रा.लि

२ महिना अगाडि

काठमाडौं- एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि लाई पोखराको डिलरको रूपमा एथरलाई पोखरामा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो । 

बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगे काठमाडौँ र ललितपुर पछि पोखरामा बिक्रि वितरण येही फागुन १२ बाट बिक्रि सुरु गरेको हो  । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माघ बढिरहेको छ । विशेष गरी, आटोवेज प्रा.लि ले टोयोटाको डिलरको रूपमा पनि बिगत बिस वर्ष भन्दा अगाडी देखि पोखरामा सेवा दीराखेको छ , जुन मुख्य कम्पनीसँग दीर्घकालिन सम्बन्ध देखाउँछ। 

420624281_2162641287406925_6579332675609369772_n

पोखरामा पहिलो डिलरसंगै सेर्विस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। थप दुई चार्जरहरू शीघ्रै लगाइने छन्, जुन पोखरा भर्सनमा आवश्यकता र सुगमताको लागि गरिनेछ ।

'हामी आटोवेज प्रा. लि.संग सहकार्य गरि एथेर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं, वैद्य एनर्जीको सीईओ सुर्यंश वैद्य। एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् । 

426600590_419647990523769_4968735929838109723_n

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

२ महिना अगाडि

प्रतिक्रिया