कुमारी बैंकको ८ लाख कित्ता संस्थापक समूहको सेयर बिक्रीमा, आवेदन कहाँ दिने ?

मंगलबार, १५ फागुन २०८०, ०८ : ०३

काठमाडौँ। कुमारी बैंक लिमिटेडले स्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले ८ लाख कित्ता बिक्रीमा ल्याएको छ ।

६ भन्दा बढी बैंकको विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक शेयर धनीहरूले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्ने छन् । संस्थापक सेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।
 

मंगलबार, १५ फागुन २०८०, ०८ : ०३

प्रतिक्रिया