काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ। कम्पनीले योग्यता पुगेका १० इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको ओ ।
कम्पनीले ट्रेनि असिस्टेनटको एकाउन्ट एण्ड फाइनान्स तर्फ ८ जना र आइटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना मार्फत उक्त पदमा कर्मचारीको माग गरेको हो । यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टु उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।
ब्याच लर डिग्री उत्तीर्ण गरेका र अनुभव भएकालाई प्राथमिकता दिइनेछ । उमेरको हदमा भने २५ वर्ष नकटेको हुनुपर्नेछ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २१ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया