काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले बिक्री गर्न लागेको शेयर संख्या खुलाएको छैन । यस शेयरको बिक्रीमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया