युटीएस र टेबल टेनिस च्याम्पियन श्रेष्ठबिच सहकार्य

२ महिना अगाडि

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ का लागि राष्ट्रिय टेबल टेनिस च्याम्पियन नबिता श्रेष्ठसँग सहकार्यको घोषणा गरेको छ ।

IMG-20240227-WA0043

नौ पटक सम्म टेबल टेनिस च्याम्पियन बनेकी नबिता श्रेष्ठले २०६७ देखि २०८० सम्म वुमन सिंगल्स टाइटल जितेकी थिइन् । उनी साउथ एसियन गेम्स, एसियन गेम्स, वर्ल्ड टेबल टेनिस च्याम्पियनसिप र एसियन च्याम्पियनसिप जस्ता प्रतिष्ठित खेलमा समेत सहभागी भइसकेकी छिन् । युटीएसका डाइरेक्टर सुर्यांश वैद्यले नबितासँग सहकार्य गरेर युटीएसले आफ्नो इतिहासमा अझै उचाई थपेको र यसबाट उनको खेल करियरमा समेत सहयोग पुग्ने अपेक्षा गरे ।

IMG-20240227-WA0041

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्थानीय कलाकारलाई सहयोग गर्ने युटीएसको प्रतिबद्धतालाई सम्मान गर्दै यसबाट खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा भाग लिन सहयोग पुग्ने बताए । टोयोटाको ‘स्टार्ट योर इम्पोसिबल’ विश्वव्यापी पहल अन्तर्गत नबिताले विश्वका अन्य २०० खेलाडीसँगै टोयोटाको ग्लोबल टिम टोयोटा एथ्लेट (जीटीटीए) को रुपमा सहभागिता जनाउने छिन् । यस अनुसार विभिन्न खेलाडीहरुको रियल–लाइफ मोबिलिटी स्टोरी प्रस्तुत गरिने छ । यसबाट महिला सशक्तिकरणमा समेत सहयोग पुग्ने युनाइटेड ट्रेडर्स सिन्डिकेटको भनाइ छ ।

२ महिना अगाडि

प्रतिक्रिया