काठमाडौँ - कुमारी बैंक कोष प्रबर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘कुमारी सबल योजना’को इकाईहरु बाँडफाँड गरिएको छ ।
आज बिहान कुमारी क्यापिटलमा एक कार्यक्रमबीच योजनाका इकाई बाँडफाँड गरिएको थियो । उक्त योजनामा रितपूर्वक आवेदन दिएक २९ हजार एक सय ३४ जनालाई माग बमोजिम नै इकाई बाँडफाँड गरिएको हो । कुल एक अर्ब पुँजी रहने १० वर्षे उक्त योजनामा सर्वसाधारण तथा संघसंस्थालाई ८५ प्रतिशत, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत र कोष प्रबर्द्धक कुमारी बैंकलाई १४ प्रतिशत इकाई छुट्ट्याइएको छ ।
योजनाको १० रुपैयाँ अङ्कित १० करोड इकाई माघ २८ गतेदेखि बिक्री खुला गरिएको थियो । हाल नेपालमा १४ कोष व्यवस्थापकले ४२ सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया