उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड लगानी गर्दै केन्द्रीय बैंक

मुद्दती निक्षेप लिन चाहनेले कहाँ दिने आवेदन ?

विहीबार, १७ फागुन २०८०, ०७ : ५८

काठमाडौं : नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

केन्द्रीय बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएको छ । 

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

 राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० करोड रुपैयाँ र  ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको हो । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । 

विहीबार, १७ फागुन २०८०, ०७ : ५८

प्रतिक्रिया