चैत्र २० गते साधारण सभा डाकेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एजेन्डा के- के छन् ?

विहीबार, १७ फागुन २०८०, ०८ : ५८

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा आगामी चैत्र २० गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहानको १० बजे बस्ने भएको छ। 

कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले साधारण सभा बस्ने विषयमा निर्णय गरेको थियो । बैंकले लाभांशसम्बन्धी भने कुनै प्रस्ताव राखेको छैन् । 

सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने जानकारि दिएको छ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

विहीबार, १७ फागुन २०८०, ०८ : ५८

प्रतिक्रिया