सुनको मूल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, १७ फागुन २०८०, ११ : ३८

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा २ सयले बढेर १ लाख १८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

विहीबार, १७ फागुन २०८०, ११ : ३८

प्रतिक्रिया