किन भाडियो दुई संस्थाको मर्जर प्रक्रिया ?

विहीबार, १७ फागुन २०८०, १३ : २६

काठमाडौँ - मानुषी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाबिचको मर्जर प्रक्रिया भाडिएको छ । दुई संस्था मध्येको एक मानुषी लघुवित्त वित्तीय संस्थाले मर्जर पार्टनर सृजनशील लघुवित्तको वित्तीय स्थिति ठिक नभएको आरोप लगाउँदै मर्जर सम्झौता तोडको घोषणा गरेको हो । 

 यी दुई कम्पनीले गत चैत २, २०७९ मा मर्जरमा जाने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा दुई संस्थाले गरेको गृहकार्य पश्चात् २०८० पुस ११ गते अन्तिम सम्झौता भई अन्तिम स्वीकृति प्राप्त गर्नका लागि यी दुवै संस्थाले २०८० माघ ७ गते नियामक राष्ट्र बैंकसमक्ष निवेदन दिएका थिए । 

 तर, मर्जर गर्नै लागेको सृजना लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था सन्तोषजनक नदेखिएको हुँदा सो वित्तीय संस्थासँग यथास्थितिमा मर्जरको प्रक्रिया अगाडि बढाउने अवस्था नदेखिएको भन्दै मानुषी लघुवित्तले डिमर्ज प्रक्रिया अघि बढाइदिन नियामक नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको हो । 

de=marge news

विहीबार, १७ फागुन २०८०, १३ : २६

प्रतिक्रिया