कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारु गाँउको स्टल

१ महिना अगाडि

काठमाडौँ - कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारु गाँउको छुट्टै स्टल राखिने भएको छ।आउँदो २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारु गाँउको छुट्टै स्टल राखिने भएको छ। ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५औँ संस्करणको औद्योगिक व्यापार मेला संचालन गर्न लागेको छ।

मेला संचालन गर्न लागेको दुई दशक भन्दा बढि समय २३ औँ वर्षमा थारु गाँउको छुट्टै स्टल राखिने भएको आयोजकले जनाएको छ। ०५७ देखि ०८० सम्म आइपुग्दा १५औँ मेला संस्करमा कैलाली कञ्चनपुरका थारु समुदायको लोक संस्कृतिका साथै मौलिक खाने परिवारको प्रर्दशन गरिनेछ। कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पहिलोपटक पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति धर्म, कला पहिरन सरक्षणका लागि थारु गाँउकै स्टल राखिन लागेको बताए।थारु गाँउ स्टलका संयोजक एव कञ्चनपुरका थारु अगुवा बेद प्रकास चौधरीले लोप भइरहेको थारु समुदायको लोक संस्कृति, धर्म परम्परा, सरक्षण प्रर्द्धवनका लागि छुट्टै स्टल राख्न लागेको बताए।

‘हामीले यस पटकको महोत्सवमा पहिलो पटक थारुगाँउ स्टल राख्न लागेका छौँ, ‘उनले भने, ‘नयाँ पुस्तामा लोप भईरहेको थारु धर्म, सस्कृति, परम्परा सरक्षण, प्रर्बद्धन गर्न खोजेका छौँ। हामी अहिले स्टल निर्माणमा खटिएका छौँ, ‘उनले भने, ‘कम्तिमा १२ स्टल राख्ने र थारु समुदायको लोक संस्कृति परम्परा राख्छौँ।’कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए।अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए।

अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए। उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ। १० दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ।

१ महिना अगाडि

प्रतिक्रिया