एक इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज, के के छन् एजेन्डा ?

शुक्रबार, १८ फागुन २०८०, ०८ : ०६

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औं साधारण सभा सिमरास्थित होटल क्लासिकमा बिहान ११ः३० बजे आयोजना हुन लागेको हो ।  

उक्त सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।  यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत छलफल गरी पारित हुनेछ ।

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो  यसर्थ फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  





शुक्रबार, १८ फागुन २०८०, ०८ : ०६

प्रतिक्रिया