सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

शनिबार, १९ फागुन २०८०, ०९ : २७

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्ने छ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९ प्रतिशत मा घर कर्जा योजना सार्वजनिक गरको छ ।  

यो योजनामा ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५०५ व्यवस्थापन शुल्क लाग्ने बैंकले उल्लेख गरेको छ ।  घर कर्जाअन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट प्रदान गरिएको छ ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

शनिबार, १९ फागुन २०८०, ०९ : २७

प्रतिक्रिया