चैत २० गते साधारण सभा आह्वान गरेको इन्भेष्टमेन्ट मेगा बैंकको एजेन्डा के- के छन् ?

आइतबार, २० फागुन २०८०, ०८ : ०९

काठमाडौंः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आगामी महिना चैत २० गते साधारण सभा आह्वान गरेको छ । 

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ। बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुने भएको छ । साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ। 

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
 

आइतबार, २० फागुन २०८०, ०८ : ०९

प्रतिक्रिया