काठमाडौँ : सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति भएको छ।
शनिवार भएको वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्ने लगायतका पाँच बुँदे सहमति छ ।
उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ ।
वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर लगायत सहभागी थिए । दूधको भुक्तानी रोकिएपछि संघले पटक पटक चरणबद्ध आन्दोलन गरिरहेको थियो। सरकारसँग भएको सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको केन्द्रीय दुग्ध सहकारीले जानकारी दिएको छ ।
प्रतिक्रिया