हकप्रद सेयर निष्कासन गर्दै एक कम्पनी

आइतबार, २० फागुन २०८०, ११ : ५४

काठमाडौं-  पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

विद्युत नियमन आयोगको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।

अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ ।

आइतबार, २० फागुन २०८०, ११ : ५४

प्रतिक्रिया