तीन दिने अभिकर्ता तालिम संचालन गर्दै यूनाइटेड अजोड लिमिटेड

सोमबार, २१ फागुन २०८०, ०८ : १०

काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तीन दिने तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले तालिम फागुन २७ गतेदेखि २९ गतेसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म साँफेबगर, अछाममा सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीले न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिहरुलाई अभिकर्ता इजाजत पत्रका लागि परीक्षामा सामेल गराउने जनाएको छ।

यसका लागि आवश्यक कागजातसहित फागुन २६ गतेभित्र कम्पनीमा सम्पर्क राख्नु पर्ने जनाएको छ। अभिकर्ता इजाजत पत्रका लागि लिखित परीक्षा फागुन २९ गते सञ्चालन गरिनेछ यस परीक्षामा तालिम प्राप्त गरेका तथा कम्पनीबाट इजाजत पत्र प्राप्त गर्न बाँकी रहेकालाई समावेश गरिने कम्पनीले उल्लेख गरेको छ 

सोमबार, २१ फागुन २०८०, ०८ : १०

प्रतिक्रिया