साङ्ग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर शेयर धनीको खातामा जम्मा

मंगलबार, २२ फागुन २०८०, ०८ : ०८

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गराएको हो ।

 

मंगलबार, २२ फागुन २०८०, ०८ : ०८

प्रतिक्रिया